१६ अंकले घट्यो नेप्से परिसूचक
बिहिबार २३ असार २०७९ ०८:५७:३० बजे
काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो ।
बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।
बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रह्यो ।
प्रकाशित मिति: बिहिबार २३ असार २०७९ ०८:५७:३० बजे