बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।  


बागमती प्रदेशसभाको यही असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट सिफारिस ती विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।


आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजस्व सङ्कलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईँले बताए । रासस 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: मंगलबार २१ असार २०७९ १०:२९:३५ बजे