चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा
बुधबार २२ असार २०७९ ०६:००:५८ बजे
काठमाडौं । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघु जलविद्युत गृहमा क्षति पुर्याएको लघु जलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।
चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । रासस
प्रकाशित मिति: बुधबार २२ असार २०७९ ०६:००:५८ बजे