गोकर्णेश्वरको फोहोर विवाद : गाडी जफत गर्नेबाट गल्ती स्वीकार, पीडितले पनि लफडा नगर्ने

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । भान्सामा भाँडाहरु आपसमा टक्राउँछन्, फुट्छन्, कुच्चिन्छन्, र पनि गृहिणीले मिलाउन छोड्दिनन् । अनि छोराछोरी जति नै बदमास भए पनि अभिभावक ठूलै उपद्रो नगरेसम्म हतपति रिसाउँदैनन् । गृहिणीले सँधै भाँडा मिलाउने र अभिभावकले छोराछोरीलाई सही गन्तव्य सिकाउने दायित्वबाट कहिल्यै पन्छिदैनन् । पन्छिएको खण्डमा त्यो घरमा जस्तो भाँडभैलो कतै हुँदैन । 


तपाईलाई हाम्रो सिफारिस :  हेलो ! देउवा ‘सरकार’, गंगामायालाई भेट्ने कि मण्डलामा अनसन बसेको हेर्ने ? (भिडिओसहित)


तर, हाम्रो मुलुकको अभिभावक अर्थात् सरकार जहिल्यै आफ्नो दायित्वबाट पन्छिन्छ । अहिले हाम्रो सबैभन्दा नजिकको अभिभावक हो–स्थानीय सरकार । त्यो अभिभावक(स्थानीय सरकार) कस्तो भने ? सिङ र पुच्छर दुबै भएको तर, बाली धान्न नसक्ने बुढो गोरु जस्तो । केही दिन पहिले गोकर्णेश्वर नगरपालिकामा फोहोर उठाइरहेका दुई संस्थाबीच आपसी असझ्दारी बढ्यो । घटना यहाँसम्म पुग्यो कि एउटा पक्षले अर्को पक्षको फोहोरसहितकै गाडी कब्जा गरिदियो । 


16980


२०५६ सालदेखि गोकर्णेश्वर लगायत विभिन्न क्षेत्रमा फोहोर उठाउँदै आएको क्रियटिभ सरसफाइ प्रालिको गाडी गोकर्णेश्वर सरसफाइ सेवा प्रालिको सञ्चालक पक्षले कब्जामा लिएको हो  । कब्जामा लिइएका दुईटा गाडीको साँचो बौद्ध प्रहरी कहाँ पुग्यो । प्रहरीले साँचो सम्बन्धित पक्षलाई दिएपनि जफत गर्नेले गाडी छोड्न मानेन । घटनामा प्रहरी पनि जोडियो । गाडी जफत भएपछि क्रियटिभ सरसफाइ प्रालिले प्रहरीलाई गुहार माग्यो । प्रहरीले भन्यो–नगरपालिकाले मिलाउनु पर्ने कुरामा हामी हात हाल्दैनौँ । र, साँचो जसको हो उसैलाई दियो । तर, जफत गर्नेले गाडी चाँहि मरिगए दिएन । उल्टै नगरपालिकालाई बुझाइदियो । नगरपालिकाले तत्काल दुबै पक्षलाई बोलाएर मामला सुल्झाएन । र, विवाद सञ्चारमाध्यमसम्म पुग्यो । पत्रपत्रिकादेखि अनलाइन सञ्चारमाध्यममा यो विषय समाचार बन्यो । र, पनि नगरपालिकाले दुबै पक्षलाई बोलाएर समयमै छलफल गर्ने कष्ट गरेन । सोमबार एउटा पक्षलाई छलफलमा बोलाएर अर्को पक्षलाई टेलिफोन गरेर जानकारी गरायो । के ? यही हो, अभिभावकको दायित्व ? हामीले नगरपालिकालाई गाली गर्न खोजेका होइनौँ । आफुले गर्ने काममा किन बिलम्ब गरेको ? भनेर सोध्न त पाइयो नि होइन ? 


तपाईलाई हाम्रो सिफरिस : कसले सुन्ने सामूहिक बलात्कारको चित्कार र ?


प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई त यो विषय थाहै रहेनछ । प्रवक्ता मनोज कुमार ढुंगानाले कुरा हुँदैछ १५ मिनेपछि तपाइँलाई जानकारी दिन्छु भनेकामा बेलुकी अबेरसम्म पनि उनको फोन आएन । हामीले पनि भन्ठान्यौ–यस्तै हो सरकारी काम कहिले जाला घाम ! बौद्ध प्रहरीका डीएसपी ढुंडीराज न्यौपानेले नगरपालिकाले मिलाउने विषय सञ्चारमाध्यममा आउनै नपर्ने हो, भने । तर, नगरपालिकाका कर्मचारीहरुले खास कुरो बताएनन् । 


16981


बुझ्दै जाँदा फोहोर उठाउने क्षेत्रको विषयलाई लिएर उत्पन्न विवाद नयाँ होइन रहेछ । पहिले पनि क्रियटिभ सरसफाइ र गोकर्णेश्वर सरसफाइबीच स–साना विवाद हुँदै आएकै रहेछन् । अहिले आएर गोकर्णेश्वरलाई लागेछ मेरो क्षेत्रमा क्रियटिभले दादागिरी गरेर फोहोर उठायो । त्यही झोंकमा गोकर्णेश्वर सरसफाइ सेवा प्रालिकी सञ्चालक अनिशा तामाङले बबरमान तामाङ अध्यक्ष रहेको क्रियटिभ सरसफाइका दुई गाडी जफत गरिन् । रोचक त के भने ? दुबैले सेवा दिइरहेकै छन् । तर, एउटाले अर्काको क्षेत्र मिचेको भन्ने तुस पालिरहेका छन् । क्रियटिभका अनुसार आफुहरुले उठाउन पाउनु पर्ने ७–८ सय घरधुरीको फोहोर गोकर्णेश्वरले उठाएर क्षेत्र मिच्यो । अनि, आफ्नो माझ मझेरीमै आएर फोहोर उठाएपछि गाडी जफत गर्नु परेको भन्ने जिकिर गोकर्णेश्वर सरसफाइको छ । 


तपाईलाई हाम्रो सिफरिस : आइएन्जिओकर्मी छविलाल कसरी भए प्रचण्ड ?


क्रियटिभले स्थानीयको मन जितेको, व्यवसाय सञ्चालन गर्दा पनि विधि पद्दतीमा चलेको जिकिर गरेको छ । त्यस्तै, गोकर्णेश्वरले पनि आफुलाई नगरपालिकाले नै अनुमति दिएको भनेर अनलाइनखबरहबलाई  कागज देखाएको छ । त्यसो हो भने, जुँगाको लडाई किन ? गोकर्णेश्वरकी सञ्चालक अनिशा तामाङ भन्छिन्–‘हाम्रो मध्य भागमा आएर उहाँहरुले फोहोर उठाए पछि यस्तो घटना घट्यो ।’ त्यसो गरेको भए सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कि गाडी कब्जा गर्ने ? जवाफमा उनले आफ्नो गल्ती स्वीकारिन् । उनले भनिन्, ‘हाम्रो क्षेत्र मिच्ने काम भएपछि मैले गाडीको साँचो जफत गरेको हुँ । त्यसो गर्न नहुने थियो । हामीले क्रियटिभको सञ्चालक टोलीसँग छलफल गर्न खोजेका हौँ । उहाँहरु नै सम्पर्कमा आउनु भएन ।’ 


16982


क्रियटिभका सञ्चालक बबरमान तामाङले भने आफुहरुले भन्दा पनि गोकर्णेश्वरले आफुहरुको क्षेत्रमा तगारो हालेको अर्थात् ७–८ सय घर धुरी मिचेको र उल्टै दादागिरी गरेर गाडी कब्जामा लिएको बताए । क्रियटिभले गोकर्णेश्वरका केही वडासहित, अन्य नगरपालिका तथा काठमाडौं महानगरको केही क्षेत्र गरी ७–८ हजार घरधुरीको फोहोर उठाउँछ । गोकर्णेश्वरको क्षेत्र भने केही कम देखिन्छ । गाँठी कुरा बिचमा कुरा बझाउनेहरुले समस्या उत्पन्न गरेको ठहर्छ । समस्या हल गरिदिने कुरामा नगर प्रशासनले चासो नदिएको बुझिन्छ । गोकर्णेश्वरकी सञ्चालकले आफ्नो गल्ती स्वीकारेकी छन् भने क्रियटिभका सञ्चालक बबरमानको पनि मन सफा छ । नगरपालिकाले यसअघि जसरी आ–आफ्नो क्षेत्रको फोहोर उठाउने गरिएको थियो त्यसै गर्नु भनेर फोन गरेपछि त्यसो भए किन लफडा गरिरहनु है, भन्छन् बबरमान । अनि हामीले पनि भन्यौ झगडालाई बढाउनु भन्दा विट् मार्नु राम्रो । तर, अभिभावक नगर प्रशासनले  पनि समयमै गुनासो सुन्ने बानी गर्नु उत्तम ।


तपाईलाई हाम्रो सिफरिस : ज्येष्ठ नागरिक ग्रामको नाममा ब्रह्मलुट, यसका सुत्रधारलाई उल्टै महिला आयोगको अध्यक्ष उपहार


तपाईलाई हाम्रो सिफरिस : ४ करोड त बालुवामा गयो, अब बिर्सिनुस् स् पराजुली



तपाईलाई हाम्रो सिफरिस : एमालेको बुद्धि पलायो, अरुको कहिले ?






Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार १० माघ २०७८ १४:२२:५५ बजे