हेलो ! देउवा ‘सरकार’, गंगामायालाई भेट्ने कि मण्डलामा अनसन बसेको हेर्ने ? (भिडिओसहित)

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग राखेर १५ वर्षदेखि न्यायका लागि संघर्षरत गोरखा फुजेलकी गंगामाया अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न खोजिरहेकी छन् । उनी गोरखा छोडेर न्यायका लागि काठमाडौं आएको गत पुस १० गते १५ वर्ष भयो । 


१७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए । २०६१ कै पुस १० मा गंगामाया, पति नन्दप्रसाद र जेठा छोरा नूरप्रसाद न्याय माग्न घरद्वार सब छोडेर हिँडे । न्यायका लागि प्रहरी, प्रशासन, अदालत धाउँदा हैरान भएपछि गंगामाया दम्पतीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ढोका ढक्ढक्काउन पुगेकी थिइन्, उहिल्यै । जतिबेला नन्दप्रसाद पनि साथमै थिए । कतै गए पनि न्याय नभेटिएपछि संयुक्त राष्ट्रसंघलाई गुहारेकी गंगामायाले एक पल्ट आफ्नै मुलुकको प्रधानमन्त्रीलाई भेट्ने र अन्तिम पल्ट न्यायका लागि अनुनय गर्ने बताइन् । 


तपाईलाई हाम्रो सिफारिस : अख्तियारले डाम्ने भो अब, पराजुलीलाई पहिलो सुर्केनी


अहिले प्रधानमन्त्री छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । उनलाई काँध हालेका छन्, तत्कालीन विद्रोही माओवादीको सुप्रिम कमाण्डर प्रचण्डले । यस्तो अवस्थामा गंगामायाको आवाज सम्भवतः सुनिने कुरा भएन । यद्यपि, उनले एकपल्ट प्रधानमन्त्रीलाई भेट्न खोजेकी छन् । प्रधानमन्त्रीलाई भेट्न निस्किँदा आफुलाई ७ पल्टजति प्रहरीले बाटोबाटै फर्काएर ल्याएको उनले बताइन् । अहिले उनी वीर अस्पतालको पुरानो भवनको १२ नम्बर क्याविनमा छिन् । १४६ दिन अनसन बसेर पछिल्लो पटक वैशाखमा उनलाई ट्रमा सेन्टरबाट वीरको १२ नम्बर क्याविन ल्याइयो । पहिले उनलाई त्यसै भवनको तल्लो तलामा रहेको ७ नम्बर क्याविन दिइएको थियो । 


उनको नेपाल सरकार अर्थात् मुलुकका प्रमुख कार्यकारीसँग एउटै माग छ, एक पल्ट भेट पाउँ । त्यसो नभएको खण्डमा उनले कि बालुवाटार कि माइतीघर मण्डलामा अनसनन थाल्ने बताएकी छन् । उनले भनिनन् । वीरमा अब म अनसन एक बस्दिन, दुई बस्दिन । मरे मण्डलामै मर्छु । उनले भनेका यी वाक्य अनलाइनखबरहबले भिडिओमा समेत कैद गरेको छ । 


तपाईलाई हाम्रो सिफारिस : ज्येष्ठ नागरिक ग्रामको नाममा ब्रह्मलुट, यसका सुत्रधारलाई उल्टै महिला आयोगको अध्यक्ष उपहार



सत्याग्रहकै क्रममा २ सय ३४औं दिन २०७१ असोज ६ गते गंगामायाका पति नन्दप्रसादको वीर अस्पतालमै मृत्यु भयो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शव गृहमा छ, भनिएको छ । अन्तिम संस्कार हुन सकेको छैन । गंगामाया अझै न्याय कुरिरहेकी छन् । 


चितवन जिल्ला अदालतले किटानी परेका १३ जना मध्ये १२ जनालाई २०७५ भदौमा सफाइ दिइसकेको छ । फरार अभियुक्त रुद्र आचार्य आयरल्याण्डमा लुकेर बसेका छन् । त्यसविरुद्ध गंगामायाले उच्च अदालत हेटौंडामा पुनरावेदन दिएकी छन् जसको छिनोफानो हालसम्म भएको छैन । पुनरावलोकनको मुद्दा अघि बढेकै छैन ।


तपाईलाई हाम्रो सिफारिस :  ईयुको इसारामा नाच्नेहरुले सिध्याए नेपालको न्यायालय 


गंगामायाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उजुरी परिसकेको छ । राष्ट्रसंघले छानविनका क्रममा नेपाल सरकारसँग लिखित जवाफ मागेको मानवअधिकारकर्मी एवं गंगामायाका कानूनी सल्लाहकार ईन्द्र अर्यालले बताए । र, गंगामायाले राष्ट्रसंघ पुगेर पनि न्याय पाउने अवस्था नरहे सबैका नाममा नोट लख्छु, भनेकी छन् । 


गंगामाया देउवालाई किन भेट्न चाहन्छिन्, हेरौँ भिडिओमा 



तपाईलाई हाम्रो सिफारिस :  ओली अझै बदलाकाकै मुडमा, प्रधानन्यायाधीशलाई कलंकको टिको लगाउने प्रपन्च

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: मंगलबार ११ माघ २०७८ ११:०६:२९ बजे