नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडा भ्रमण गर्दे

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ।


आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।


नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो।


नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले ट्वान्टी २० शृंखला खेल्नेछ। नेपालले जुन २८ मा पहिलो ट्वान्टी २० खेल खेल्नेछ। यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्नेछ।


नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्नेछ। यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्नेछ।


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: शुक्रबार ३ असार २०७९ ०१:२८:११ बजे