एनएसएलको मुख्य प्रशिक्षकमा बाल गोपाल नियुक्त

okh viber
Nashvill
sapta koshi cement

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता टिम काठमाडौँ रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 


बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौँले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।


यस्तै काठमाडौँले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ । पहिलो संस्करणको उपाधि काठमाडौँले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बिहिबार १९ फागुन २०७८ ०८:२३:३२ बजे