हाम्रो बारेमा

अनलाइनखबरहब डटकम गोकर्णेश्वर मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित पूर्ण समाचार पोर्टल हो । हाललाई राष्ट्रभाषा ‘नेपाली’ र विश्वव्यापी मानिएको अंग्रेजी भाषा दुबै र निकट भविष्यमै हिन्दी देवनागरीमा समेत हेर्न, पढ्न र सुन्न सकिने अनलाइन सञ्चार माध्यम हो,  www.onlinekhabarhub.com। आम सञ्चार र पत्रकारिताको क्षेत्रमा हाम्रो अभ्यास पृथक हुनेछ । भाषामा हामीले झर्रोवादलाई अँगालेका छौँ भने हाम्रो मूल ध्येय सिटिजन जर्नालिज्म अर्थात् नागरिक पत्रकारिता हो । पहिचान तथा संस्कार/संस्कृतिसहितको संघीय गणतन्त्र हाम्रो मुख्य दृष्टिकोण हो । अर्ध सामन्तवाद र अर्थ पुँजीवादको डेराबाट समाजवादको अविभारा पूरा गर्न सक्दैनौँ भन्नेमा हामी प्रष्ट छौँ । र, अतिवादको जहिल्यै विरुद्ध छौँ । 

राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्रताका पक्षमा सदैव अविचलित छौँ । राष्ट्रिय अखण्डता, राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी सँधै कटिवद्ध छौँ।

राष्ट्रिय राजनीति, सामाजिक र आर्थिक मुद्दा त छँदै छन् । ताजा र खोजमूलक समाचारका अतिरिक्त मरिसकेका विषय अर्थात् ‘डेड ईस्यु’ तथा अफविट्का समाचार हाम्रो मुख्य प्राथमिकता हुन् । डिजिटल अक्षर, तस्वीर तथा श्रव्यदृष्यका माध्यमबाट हामी वर्तमानलाई दुरुस्तै देखाउँछौ, सम्झाउँछौ । त्यति मात्रै नभई हामीले पाठक, दर्शक/स्रोतामाझ पस्किने विशेष सामग्री पछिल्लो पिडीका लागि दस्तावेज सिद्ध हुनेछन् । 

कस्तो हुन्छ, हाम्रो प्रस्तुति ?

–राष्ट्र, राष्ट्रियता, स्वाभिमान र जनजीविकाका विषय उठान । 

–समाजिक रुपान्तरणप्रति सधैँ प्रतिवद्ध । 

–संविधान कार्यान्वयनमा आमसहभागिता आह्वान । 

–समृद्धिका सम्भावनाको पहिचान । 

–संविधानले बोकेको पहिचान र समानुपातिक प्रतिनिधित्वलाई प्राथमिकता । 

–संघ, प्रदेश र स्थानीय तहका नीतिगत व्यवस्थामा विशेष चासो । 

–राज्यसत्तामाथि खरो निगरानी, जनताप्रतिको सामाजिक उत्तरदायित्व वहन । 

हामी के गर्दैनौं ?

–कानून, आचारसंहिता, प्रेस स्वतन्त्रता र सामाजिक न्यायविरुद्धका सामाग्री प्रकाशन/प्रसारण 

–जातीय, क्षेत्रीय, भाषिक, धार्मिक सन्तुलन राख्छौँ, द्वेष उमार्ने काम ।

–वीभत्स सामाग्री, कारुणिक रोदन हामी प्रकाशन/प्रसारण ।

–विशिष्ट परिस्थितिमा बाहेक अदालती कारवाहीमा खास चासो ।

–व्यक्तिगत स्वार्थगत चरित्रहत्या तथा कुण्ठा पोख्ने प्रवृति । 

–अपराध, बलात्कार, बेचबिखनलगायतका संवेदनशील विषयमा पीडितको नामथर प्रकाशन/प्रसारण । र, पीडितले अनुमति दिँदा पनि पछि पर्नसक्ने सम्भावित समस्याका बारेमा पनि गम्भीर छौँ ।  

–हामी सचेत छौँः समाचारले अपराधमुक्त समाज बनोस ताकि अपराध प्रोत्साहनमा बल नपुगोस् । र, कसैको पनि स्वाभिमान र अस्मितामा ठेस नपुगोस् ।

र, हामी के चाहन्छौँ ? 

तपाईं विश्वको जुनसुकै ठाउँबाट सोझै जोडिन सक्नुहुन्छ, www.onlinekhabarhub.com लगइन गरेर । र, ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत तपाईं हामीलाई पछ्याउन सक्नुहुन्छ । र, युट्युवमा हामी OnlinekhabarhubTV,  Taja Bahas र Movie diary मार्फत उपस्थित छौँ । तपाईं पनि सूचना, तस्वीर, अडियो, भिडियो दिएर विचार वा प्रतिक्रिया जनाउन सक्नुहुन्छ । तर, हामीलाई पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन गरिनु भएन । 

राष्ट्रिय सुरक्षा तथा एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव विथोलिने, गैह्रकानूनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री www.onlinekhabarhub.com मा नपठाउनु होला ।  तपाईंले www.onlinekhabarhub.com मा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक तथा शिष्ट हुनु पर्नेछ । नक्कली परिचय दिएर वा युजर नेम प्रयोग  गरेर अश्लील शब्द वा अपमानजनक विचार व्यक्त गर्ने कार्य दण्डनीय छ । 

यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट राईट तथा अन्य वौद्धिक सम्पत्तिमाथिको अधिकार अनलाइनखबरहब डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थामा निहित रहेकाले यसमा प्रकाशित/प्रसारित सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनःउत्पादन गर्नुअघि अनुमति लिनै पर्नेछ । 

गैरव्यापारिक निजी प्रयोजनमा बाहेक अनलाइनखबरहब डटकमका सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न गैह्रकानूनी ठहरिनेछ । हामी विश्वास गर्छौ, तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ । अनलाइनखबरहब डटकम तपाईंका सबै खाले गुनासा सुन्न तयार छ । र, यहाँलाई अनलाइनखबरहब डटकममा स्वागत छ ।