एनआरएनएले अन्ततः सहमतिमै ३ जना अध्यक्ष चयन

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।


एनआरएनएको १०औँ महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीकोलाई निर्विरोध अध्यक्ष भएका हुन् ।


करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौँ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।


तिन अध्यक्षको व्यवस्था र केही पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । 


अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीनवटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।


अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा। हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द),  जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन ।


यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा डा. देवी बस्नेत, गणेश केसी, नारायण काफ्ले, रामशरण सिंखडा, ओम गुरुङ र विनय अधिकारी, सचिवमा खगेन्द्र न्यौपाने, चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, प्रविण गुरुङ, शंकर खडका, प्रमोद सिटौला, अभिमानसिंह बस्नेत, गोविन्द गौतम, राजन त्रिपाठि र होम पाण्डे तथा महिला सचिवमा टिका गुरुङ र डा अलिलि पोखरेल चयन भए ।


कोषाध्यक्षमा लोक दाहाल, सुनिल शाह र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा होम गौतम,  दिपक शर्मा, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, योगिता थापा र यमुना भट्टराई  चयन भएका छन् ।


यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार १३ चैत्र २०७८ १५:३९:२७ बजे