शक्ति केन्द्रले कसरी धकेल्यो निर्णायक मोडमा एमसीसी ?

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । अहिले नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ, अमेरिकी सहयोगको पञ्चवर्षीय कार्यक्रम, एमसीसी । नेपाल र नेपालीका लागि यो मुद्दा निकै जटिल एवं पेचिलो बनेको छ । 

एमसीसीको कार्यक्रम लागू गर्न कम्प्याक्ट सम्झौता संसदबाटै अनुमोदन गर्नु पर्ने भएकाले यो विषय झन् गिजोलिएको छ । नेपालले एमसीसी स्वीकार्न हुने वा नहुने विषयमा लामै समय तर्क वितर्क चल्यो । अब, निर्णायक मोडमा धेकेलिएको छ, यो विषय । 

कतिपयले यो अनुदान भित्र्याउनै हुँदैन भनेका छन् । कतिले संशोधन गरेर अनुमोदन गरौँ भनिरहेका छन् भने कतिपय संसदबाट जस्ताको त्यस्तै पारित गर्न लागि परेका छन् । 

दातृराष्ट्र अमेरिकाले समेत यसबारे नानाथरी कुरा झिकेको छ । उसले नेपालमा उत्पन्न परिस्थिति हेर्दै विभिन्न फरक समयमा फरक कुरा गरेको छ । अमेरिकाले कुनै बेला एमसीसीबारे निर्णय लिन नेपाल स्वतन्त्र छ–भन्यो भने कुनै बेला यो अनुदान नलिए अन्य सहायता समेत रोकिने भनी धम्कीको भाषा बोल्यो । 

नानाथरी कुरा गरेर अमेरिकाले नेपाललाई एमसीसी स्वीकार्नै पर्ने बाध्यतामा पारेको छ । यसका केही पाटा हामीले केलाउने प्रयत्न गरेका छौँ । सभामुख अग्नि सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाए । तर, बैठक विनानिष्कर्ष टुङ्गियो । सहभागी भएका नेताहरुले आ–आफ्ना कुरा राखे । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अगाडि बढाउनुपर्ने प्रस्ताव राखे । देउवाका सत्ता सहयात्री प्रचण्डले आफु नेकपाको अध्यक्ष हुँदा नै यथास्थितिमा एमसीसी अघि बढाउनु हुँदैन भन्ने निर्णय भएको  र अहिले पनि आफुलाई नैतिक बन्धन छ, भने । अन्य नेताहरुले पनि तत्कालै टाउको हल्लाउन सकेनन् ।  

बैठकमा केपी ओली नेतृत्वको एमाले भने सहभागी भएन । आफु सरकारमा रहेका बेला एमाले अध्यक्ष केपी ओलीले जस्केलाबाट छिराएर भए पनि एमसीसी पास गर्न खोजेका थिए । त्यो बेला उनको प्रयास विफल भयो । त्यस बेलाको माथापच्छिले तत्कालीन सभामुख कृष्णबहादुर महरा मात्रै घानमा परे । सबैभन्दा रहस्यमय कुरा त के भने ? आफैंले ड्राफ्ट गरेको अनुदान कार्यक्रम महराले त्यो बेला किन संसदमा टेवुल गर्न मानेनन् होला ? र, पार्टीभित्रैबाट उनलाई किन त्यति ठूलो खप्की परेको होला ?  यसको पर्दापर्ण हामी गर्ने नै छौँ । 

तपाईलाई हाम्रो सिफारिस : हेलो ! देउवा ‘सरकार’, गंगामायालाई भेट्ने कि मण्डलामा अनसन बसेको हेर्ने ? (भिडिओसहित)

अहिले यहाँनेर हामी एउटा कुरो मात्रै गर्छौः एमसीसीलाई निर्णायक मोडमा कसरी धकेल्यो शक्ति केन्द्रले ? केही दिन अघिसम्म सभामुख अग्नि सापकोटाले समेत कृष्ण बहादुर महराकै जस्तो चट्टानी अडान राखेर एमसीसी अघि बढाउन नखोजेको भनेर प्रचार भइरहेको थियो । तर, भित्रि कुरा अर्कै थियो । महरा सभामुख हुँदा जसरी पार्टीभित्रैबाट छिर्के हान्न लगाइयो त्यसरी नै अहिले बालुवाटारले प्रचण्डलाई छिर्के हान्यो । ओलीले एमसीसी संसदमा टेवुल गर्न खोज्दा प्रचण्ड जसरी मौन थिए । त्यसरी नै अहिले पनि चुप लागेर बस्न खोजिरहेका थिए । तर, उनको जुक्तिले यसपाली काम गर्न सकेन । र, छिर्के ठाउँमै लाग्यो ।  

अमेरिकाले यस्तो चाँजोपाजो मिलायो कि प्रचण्ड नराम्ररी चिप्लिए । गएको माघ २३ गते बालुवाटारले नियोजित रुपमै देउवा प्रचण्डले एमसीसीलाई संयुक्त रुपमा लेखिपठाएको चिठी आमसञ्चार माध्यममा फैलायो । सेप्टेम्बर २९, २०२१ मा एमसीसीलाई लेखेको चिठीमा देउवा–प्रचण्ड दुबैको हस्ताक्षर छ । 

र, त्यसैगरी बालुवाटारले उही सञ्चारमाध्यमलाई त्यही दिन अर्थात् २३ गते अमेरिकाले देउवा–प्रचण्डलाई लेखेको प्रत्युत्तर अर्थातन् जवाफी चिठी समेत छाप्न लगायो । आफुलाई अहिलेको डिजिटल मिडियामा अमुक न्यूज पोर्टल भनिरहेको एउटा अनलाइन न्यूज पोर्टलले ति दुबै थरी चिठी आफु पनि छाप्यो र अरुलाई पनि बाँड्यो । साँच्चिकै नियोजित रुपमा एक पछि अर्को चिठी सार्वजनिक भयो ।  प्रचण्डको लाज छोप्न केही मिडियाले देउवा आफैंले प्रचण्डको किर्ते हस्ताक्षर गरेर प्रचार गर्न लगाएको भनी समेत धोती लगाइदिन खोजे । तर, सत्य सत्य नै सावित भयो । अन्ततः प्रचण्ड पनि एमसीसी पास गर्ने कसरतमा तानिए भने सभामुखलाई सर्वदलीय बैठक बोलाउने र संसद बैठक बोलाउने दबाब आयो । 

तपाईलाई हाम्रो सिफारिस : महिला आयोगकी अध्यक्ष पराजुलीलाई नैतिक संकट, ओलीको समेत नाक काटिने खतरा


मिडियालाई कसले चुहायो चिठी ? 

चिठी चुहिनु भन्दा दुई दिनअघि मात्रै प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भए । देउवा अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा पनि उनै परियार प्रेस सल्लाहकार थिए । प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म देउवाले निजी सचिवालय नै बनाएका थिएनन् । कारणः प्रधानमन्त्री पत्नी आरजु देउवाको रवाफदेखेरै धेरैले सचिवालयमा बस्नै चाहेनन् । परियार भने औपचारिक नियुक्ति नपाएपनि प्रधानमन्त्री भएकै दिनदेखि देउवाकै वरपर दौडिरहेका थिए । 

प्रेस सल्लाहकारका लागि देउवाले कपाल र जुँगा पाकेका धेरै पत्रकार तथा प्रेसविज्ञलाई प्रस्ताव राखे । तर, उनको प्रस्ताव धेरैले अस्वीकार गरे । जस्तै, लामो समय देउवाको नजिक रहेर काम गरेका तरुण साप्ताहिकका प्रधान सम्पादक परशु घिमिरेलाई सुरुमै प्रेस सल्लाहकार हुन भनिएको थियो । घिमिरेले ठाडै भनिदिए–‘त्यसमा बस्दिन तपाइँलाई बाहिरै बसेर जुनसुकै सहयोग गर्छु ।’

तपाईलाई हाम्रो सिफारिस : संविधान विरोधीहरुले अदालतलाई नै कठ्घरामा उभ्याए


त्यस्तै, पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको कुरा पनि चलेकै हो । पछि उनी समेत भित्र छिर्न मानेनन् । प्रधानमन्त्री पत्नी आरजुकै कारण धेरैले देउवासँग काम गर्न मानेनन् । तर, परियार सुरुदेखि नै सहयोग गरिरहेका थिए । परियारले सुरुकै दिनदेखि सहयोग गरिरहेका भएपनि औपचारिक रुपमा नियुक्त गरिहाल्ने मनस्थितिमा देउवा थिएनन् । ओलीकै पालामा जस्तो, दबाब आइलाग्यो । अमेरिकाले छिर्के हान्न परियार लगायत केहीलाई सचिवालयमा नियुक्त गर्न लगायो । परियारको पनि अमेरिकासँग पहिलेदेखिकै लगाब छ । विभिन्न बहानामा उनी अमेरिका पनि गएका छन् । र, काम अह्राउन सजिला पनि । त्यसैको फाइदा उठाउँदै शक्ति केन्द्रले नियुक्त भएको दुई दिनपछि उनैमार्फत एमसीसीलाई लेखिएको चिठी र एमसीसीले पठाएको जवाफी चिठी आमसञ्चारमाध्यमबाट फ्याँक्न लगायो । र, बालुवाटारले जति नै धोती जोगाउन खोजे पनि अन्ततः खुस्किहाल्यो ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: मंगलबार ३ फागुन २०७८ ०३:३७:५३ बजे