एमसिसीको विरोधमा अमेरिकी दूतावासअगाडि आज पनि प्रदर्शन

okh viber
Nashvill
sapta koshi cement

काठमाडौँ  ।  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)सँग आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन गरेको छ। संगठनका नेता–कार्यकर्ताले सोमबार दिउँसो महाराजगन्जस्थित अमेरिकी दूतावासमा पुगेर एमसिसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी संगठनका केही नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीहरूले दूतावासअगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसिसी सम्झौता तत्काल खारेज गर’ भन्दै चर्का नाराबाजी गरेका थिए।

सो संगठनले एमसिसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै आएको छ। यसअघि, आजै एमसिसीको विरोधमा पोखरामा पनि प्रदर्शन भएको थियो। सरकारले केही दिनअघि मात्र एमसिसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको थियो।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०२:५०:३७ बजे