जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु, १२ जना घाइते

okh viber
Nashvill
sapta koshi cement

एजेन्सी । जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतंकवादीहरूले सोमबार प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको  कश्मीर जोन प्रहरीले जनाएको छ । नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार २७ मंसीर २०७८ १५:४३:१९ बजे