महँगीको चरमचुलीबाटै वर्ष २०७९ लाई स्वागत !

okh viber
Nashvill
sapta koshi cement

अनलाइन खबरहब डटकमको तर्फबाट नेपाली मौलिक संवत (विक्रम संवत)अन्तर्गतको नयाँ वर्ष २०७९ को सम्पूर्ण नेपालीजनमा शुभकामना । र, शभुकामना–हाम्रा पाठक, दर्शक एवं शुभचिन्तमा । वर्ष २०७८ आम नागरिकका लागि निकै कष्टदायी रहयो । सिमित केही नेता तथा शासक, प्रशासकहरुबाहेक अन्यले दुःखै पाए । वर्षान्ततिर आइपुग्दा नागरिकले सास फेर्नै नसक्ने गरी महँगी चुलियो । त्यही महँगीको चरमचुलीबाटै वर्ष २०७९ लाई स्वागत । र, कामना गरौँ यो वर्ष राम्रै होला । सबैले आ–आफ्नो मन बचन र कर्मलाई आजैदेखि धार लगाउन थालौँ । र, आजैदेखि सामाजिक रुपमान्तरणका लागि जागौँ । हामीले वर्ष २०७८ मा थुप्रै बेथितिकाविरुद्ध लेख्यौँ । नागरिकलाई थाहा दियौँ । मुख्यतः हामीले भुइँमान्छेका कुराहरुलाई बढी समेट्ने प्रयत्न गरेम् । खासगरी बुढा बा–आमाको नाम बेचेर काठमाडौंको इन्द्रायणीमा संकल्प नेपालले बनाउने भनिएको ज्येष्ठनागरिक ग्रामको विषयलाई हामीले एउटा तहमा लग्यौँ । जसमा अहिले राज्य स्वयं र संवैधानिक आयोग (अख्तियार) तथा सम्पत्ति सुद्धिकरण विभागले कारबाहीको प्रक्रिया अघि बढाएका छन् । ज्येष्ठ नागरिकका नामा भएको यस्ता अनियमितता वर्ष २०७९ मा नहोउन् । भएका घटनाहरु बाहिर ल्याउन सकियोस् । अर्कोतिर हामीले राजनीतिक दलभित्र रहेका बेथितिबारे पनि नागरिकलाई थाहा दियौँ । जनपक्षीय भएर सोच्यौँ । र, उपभोक्ता हकहितमा लागि सधैँ कटिबद्ध भएर लाग्यौँ । आगामी दिनमा यहाँहरुको यस्तै साथ सहयोगको अपेक्षा गर्दछौँ । र, फेरि पनि तपाइलाई वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बिहिबार १ बैशाख २०७९ ०४:२०:४८ बजे