निर्दलीयताको रोइकराई

okh viber
Nashvill
sapta koshi cement

संविधानले समाजवादलाई अँगाल्यो । नागरिकलाई त्यो समाजवाद कुन चराको नाउ हो, थाहा छैन । समाजवादका ढ्वाङ पिट्ने राजनीतिक दलहरुले पुँजीवादलाई अँगालो हालिरहेका छन् । र, बाहिर चोक, सडकमा ‘निर्दलीयता’को घण्टी बज्न थालेको छ । 


स्थानीय तहको निर्वाचनमा निर्दलीयताले लौरो टेक्यो । प्राकृतिक कुरा गर्ने हो भने, बृद्धलाई बालापनमा फर्काउन सकिँदैन । तर, कलिमा अचाक्ली हुन्छ भन्थे, हो रहेछ । हिजो भरखर लौरो टेकेको निर्दलीयता वयस्क फर्किएको छ । र, कुनै स्वतन्त्र पार्टीको वर्को ओढेर लमतन्न्न तन्किँदै अहिले ‘निर्दलीयता’पुराना रुढिवादी दललाई खतराको घण्टी बजाउन थालेको छ । 


भन्नलाई मान्छेले पार्टी खोलेर विधिवत रुपमा लागेका व्यक्तिलाई निर्दलीय किन भन्न भन्लान् । तर, पिलो कसरी ठूलो घाउ भयो भन्दा पनि पिलो के करणले उब्जियो ? पिलो उब्जिने वातावरण कसरी बन्यो भन्ने कुरो पत्तो लगाउनु पर्ने होला नि डाक्टरले । कि पिलो जहाँ पनि स्वाठ्ठ आउँछ ? आउँदैन । अफ्ठयारामा र अफ्ठेरै ठाउँमा आउने हो, पिलो । यहाँनेर नयाँ राजनीतिज्ञको मर्दन गर्न खोजिएको विल्कुल होइन । कुरा के भने, कहिले वैकल्पिक राजनीति, कहिले नयाँ शक्ति, कहिले स्वतन्त्र, कहिले लौरोतन्त्र, कहिले घण्टीतन्त्रका रुपमा निस्किरहेका झाँकिले कतिन्जेल मनोरन्जन दिने हुन् ? एकै पल्ट विशाल आकार लिनलाई यो कुनै जनआन्दोलन या युद्धारम्भ होइन । हो त केवल राजनीतिक विचार वा समूहको विजारोपण । त्यो बिज कहिले उम्रने ? कहिले विरुवा हुने ? कहिले बोट भएर, कहिले फल दिने ? जे गरे नि घुमिफिरी कुरो त्यस्तै आउँछ । हरेक चीज वा तत्वको पद्दती हुन्छ । त्यस कारण निर्दलीयताको रोइकराई सुरु त भएको छ । नतिजा के हासिल हुन्छ ? हेर्न बाँकि छ ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार ८ असार २०७९ ०५:१८:२८ बजे