प्रदेश १ मा २०७९–०८० का लागि बजेट पारित

okh viber
Nashvill
sapta koshi cement

विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । 


आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।


विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री राजेन्द्र राईसहित १२ जना मन्त्रीले जवाफ दिएका थिए । 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार १९ असार २०७९ ०८:११:४४ बजे