आखेटोपहारसहित दुईजना पक्राउ

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको  अवस्थामा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ ।


पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले बताए । रासस 


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार १९ असार २०७९ ०९:०३:४८ बजे