दिसा दान गरेर प्रतिमहिना १५०० सय डलर कमाउन सकिने

okh viber
Nashvill
sapta koshi cement

एजेन्सी । अमेरिकाको एरिजोनामा सेरेस थेराप्युटिक्सनामक एक बायोटेक कम्पनीले पैसा दिएर मानव मल संकलन गर्ने केन्द्र खोलेको छ । यो कम्पनीले ‘गुडनेचर’ नामक संस्थाको संचालन गर्दछ । गुडनेचरले टेम्पेमा खोलेको पसलमा प्रत्येक पटक आफ्नो दिसाको नमुना प्रदान गरे वापत दाताले कम्तिमा २५ देखि ७५ अमेरिकी डलर कमाउन सक्नेछन् । 


गुडनेचर १८ देखि ५० वर्ष उमेरका स्वस्थ दिसादाताको खोजिमा रहेको छ । दिसा दान गरेर दाताहरुले प्रतिमहिना १ हजार ५ सय डलरसम्म कमाउन सक्नेछन् ।


दाताले एक सातामा संकलन केन्द्रमा तीनदेखि चारपटक दिसा दान गर्नसक्नु पर्दछ ।  


सम्भावित दाताको नियमित दिसा हुने गरेको, सामान्य शारीरिक वजन भएको, धुमपान नगर्ने, गर्भवती नभएको, ग्यास्ट्रिकको कुनै पनि समस्या नभएको तथा रक्सी एवं लागुऔषध सेवन नगर्ने गरेको हुनुपर्ने प्रावधान छ ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार ६ चैत्र २०७८ ०४:३८:२९ बजे